लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति

महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।

लुम्बिनीको नवनिर्मित सभाहलमा यही माघ २१ देखि २९ गतेसम्म हुने भनिएको उक्त कार्यक्रमले नेपाली बौद्ध समाजको आस्था र विश्वासमा चोट पु¥याउनेबाहेक सहिष्णुता र सद्भाव बनाइराख्न कुनै मद्दत नपुग्ने भन्दै धर्मोदय सभा र युवा बौद्ध समूह, काठमाडौँले बेग्लाबग्लै विज्ञप्ति प्रकाशित गरेर यस्ता गतिविधि गर्ने दुष्प्रयास कहीँ कतैबाट नहोस् भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply