नेपाल राष्ट्र र नेपालीजनताको सर्वोपरी हितमा जनयुद्ध

१०४ वर्षिय जहाँनीय राणा शासनकालमाआफ्नो खेतबारीमाकामगर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमाजानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमापर्यो र त्यसघरमाकन्या राम्री रहिछन् भने राणाको गलतनजरमा पर्नुपर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नुपर्दथ्यो । गाउँमा रहेकाआर्थिक रुपले विपन्न समुदायबोक्सी, छौडा लगायतकाअन्धविश्वासका साधनबनाइने र विभिन्नप्रकारकायातनादिने गरिन्थ्यो । प्रजातन्त्रप्राप्तिकालागितत्कालिनअवस्थामा राजात्रिभुवन सहित नेपालीजनताले विद्रोह गरेर राणा शासनको अन्त्यभयो । केहीवर्ष राणाकै निगरानीमाशासनशैली सञ्चालनभएपनि २०१५ सालमाआमनिर्वाचनभयो । यो निर्वाचन राणा र राजालाइमनपरेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासनसत्ताआफ्नै हातमालिए । त्यतिबेलाविकास निर्माणका केहीपूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्तालागेको छैन । भौतिकपूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेकानिर्माणहरु अहिलेसम्मप्रयोगमा रहेका छन् ।
पञ्चायतीशासनव्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहिरहे, २०४६ सालको जनआन्दोलनबाट २०४७ सालमाबहुदलको घोषणा भयो । बहुदलको घोषणाभएको कुरा राजपरिवार भित्र र विदेशीशक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमाविकासको थालनी सुरु भयो । गाउँगाउँमाविद्यालय र स्वास्थ्यचौकीहरु खुल्नथाले । जनताकाआधारभूतआवश्यकताहरु ज्यूँकात्यूँ रहे ।शब्दमाप्रजातन्त्रभनेपनिव्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।

२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्मअधिकार जनतालाइदिनखोज्ने र अधिकार दिननखोज्ने वीच युद्ध भयो । युद्धमा राज्यपक्षबाट निर्मम ज्यादतीभयो । जहाँनीय राणाशासन कालको भन्दानिक्कै कठोर यातना र पिडा नेपालीजनसमुदायले भोग्नु पर्यो । मुलुकशान्ति प्रक्रियाबाट आजको स्थान सम्मआइसकेकाले युद्धका नाममाभएकाभयानक र अकल्पनीय घटनाहरुलाइ यहाँ सबै उल्लेख गर्न सकिएन ।

पछिल्लो समय २०६४ सालदेखि परिवर्तनकालागिजनताको अधिकार स्थापितगर्न लागि परेको नेकपामाओवादी केन्द्र सरकार र सत्तामानिरन्तर सहभागि रहेको छ । यस वीचमाजनताका धेरैअधिकारहरु स्थापितभएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमाजनताको सेवाकालागि रहेको छ । काठमाण्डौबाटमात्रै सम्पादनहुने कामहरु प्रदेशमापुगेका छन् । नीतिगत रुपमाजनताकामागहरु सम्बोधनहुनेगरी योजनाहरु आएका छन् ।
धेरै राम्राकामहरु हुँदाहुँदै पनि परिवर्तनमाअवसर खोज्ने ढोँगीहरुको कमिभने माओवादीभित्रकम छ भन्न सकिदैन । विशेषगरी सत्तामापुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामाभुल्ने गरेका छन् । भौतिक सेवासुविधामा हराएका छन् । भए गरेका राम्राकामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् । आफ्नो अवसरको लागि नेतृत्वलाइगुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेकाअसलकामको बारेमानागरिक स्तरसम्मपुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ताजनहरुलाईशब्दले सम्मानगर्दछन् तर तिनका परिवाजनका समस्यामा साथदिनवा समस्याबुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमाहुने विकास निर्माणका योजनाबाट लाभलिने मनसाय राख्दछन् र शहरकाविभिन्नभागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूराहुनेहरु झनै ठूला नेताहुने, मन्त्रीहुने र अझै माथिपुग्ने योजनामाविभिन्न हतकण्डा अपनाउँछन् । शहरमामहलनहुनेहरु पिडामा छटपटिएर आफ्नो केहीनभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् ।भौतिक बस्तुलाईमात्रआफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाइआफ्नो ठान्न सक्नुपर्दछ ।

साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममासिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन,नयाँनयाँश्रीमती बटुल्न,गलतकामको विरोध गर्ने असलकार्यकर्ताहरुको हत्या योजनातयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभलिनगरिएको थिएन ।तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवागर्नुपर्छ, तिमीहरुलाई नेताबनाएर हामीले झोलाबोक्नमिल्दैन भन्दै आफै मात्रै नेताबन्नखोजिरहने प्रयोजनकालागिक्रान्तिको सुत्रपातभएको थिएन ।कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । यहाँउही १०४ वर्षेजहाँनीयशासनव्यवस्थाकालागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आजप्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्नशब्दहरु सहितको शासनव्यवस्थामापनि शैलिजहाँनीयशासनव्यवस्थाभन्दाउच्चतहको सोचविचारको जनताले हेर्न पाएनन् । सुत्केरीमहिलाको रक्तश्राव रोक्नइमर्जेन्सीउपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्थाअनुसार कुटिएका छन् । उनीहरुको रोजिरोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।

आफूले र आफ्नाकार्यकर्ताले राज्यकाधन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्तिआवश्यक छ भनेर मुखउद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ,त्यसलाई नेताहरुले सुधार गर्न नसक्दादेशमानयाँ राणाहरुको उदयभइरहेको छ । जनताले न्यायपाएका छैनन् । देशविदेशकाशान्तिविरोधीपक्षले निरन्तर हमलागरिरहेका छन् । जनयुद्धबाटजनस्तरमाआएको व्यापक परिवर्तनलाइआत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहनगएको छ । नेतालाईएककिलो स्याउ, एकबोत्तल रक्सी उपहार दिएकोवानयाँश्रीमतीमिलाइदिएकोनाममाजुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बलक्रान्तिकारी बनिरहेका छन् । आफूलाई कम्युनिष्ट नेताभन्नेहरु उपहारको आशामा बस्नुभनेको विचार विहिनहुनु हो । यहीविचार विहिन नेतृत्वकाकारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।

युद्धका कहालीलाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवारजनहरुलाई सम्झिएर, व्यवहारीक साथलिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहनगएको छ । जनयुद्ध उचितभएको र यसका नेतृत्वकर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दातलका नेतातथाकार्यकर्ताहरु आफ्नै व्यक्तिगत स्वार्थसिद्धका लुते धन्दामालागेर समाजवादमापुग्ने यात्रुहरुलाईहुलहुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाईलतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपालीजनताको सर्वोपरी हितकापक्षमा सबै एक भएर जुट्नुपर्दछ ।
सन्दर्भ २८ औँ जनयुद्ध दिवस
लेखक प्रेस सेन्टर नेपालकापदाधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply