प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताउनुभएको छ ।

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

“यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो । रु एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply