अपांग महिलाहरुका लागी सिपमुलक कार्यक्रम बेलडाँडिमा सम्पन्न

धनगढी । कञ्चनपुरको बेलडाँडि गाउँपालिकाले सञ्चालन गरेको पन्ध्र दिने सचेतना मुलक उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । आर्थिक समृद्धीको आधार, लघु उद्यम मार्फत रोजगार,भन्ने मुल नाराका साथ सञ्चालन गरिएको कार्यक्रम अन्तरगत बेलडाँडि गाउँपालिकाको आयोजनामा एकल महिला दलित महिला पिछडिएका महिला अपांग महिलाहरूका लागि जुत्ता चप्पल पोते चुरा स्याना पर्स बनाउने उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो । कंचनपुर जिल्ला बेलडाँडि गाउँ पालिकामा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा वोल्दै नगर गाउँ पालिका उपाध्यक्ष शान्ति नाथले सिप मुलक तालिम पश्च्यात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुर्ण तालिमका सहभागिहरुलाइ अनुरोध गर्नु भयो ।

उपाध्यक्ष नाथले महिलाहरुले अव घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भ हुन सवैलाई प्रोत्साहीत गर्नु भयो । यस्तै पालिका अध्यक्ष हरिश चन्द्र रानाले गाउँपालिकाको सहयोगमा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रह गर्नु भयो । समापन कार्यक्रममा स्थानीय तालिममा रहेका सम्पुर्ण सहभागी राजनीति दलका नेता कार्यक्रता हरुको सहभागीता रहेको थियो ।यस्तै कार्यक्रममाका सहभागीहरुले समेत शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

एकल महिला दलित महिला पिछडिएका महिला अपांग वेरोजगार महिला हरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले सिप मुलक तालिम पुर्व व्यवसाय सञ्चालन सम्वन्धी सम्पुर्ण ज्ञान प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको सचेतना मुलक तालिममा व्यवसाय के हो व्यसायको महत्व किन लघु उद्यम भनेको के हो सफल उद्यमीका विशेषताहरू,लक्ष्य निर्धारण,सिर्जनशीलता,व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू,विक्रयकला, व्यवसायको प्रारम्भीक छनोट गर्ने आधारहरू,व्यवसायको अन्तिम छनोट, बजार र बजारीकरण, व्यावसायिक योजना,विक्रयकला र लैङ्गिक समनता लगायतका विषयमा प्रशिक्षण गरिनुका साथै विभिन्न किसिमका सामान हरु उत्पादन समेत तालीममा रहेका सहभागी हरुले उत्पादन गर्नु भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply