नगरस्तरिय दलित विकास समन्वय समिति को अध्यक्ष मा मदनलाल बिक चयन

धनबहादुर बिक
पुनर्वास – पुनर्वास मा नगर स्तरिय दलित विकास समन्वय समिति चयन गरिएको छ । सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ६ को सभाहलमा मा बसेको बृहत भेलाबाट समाजसेवी मदनलाल बिकको अध्यक्षतामा ११ सदस्यीय नगर स्तरिय दलित विकास समन्वय समिति गठन गरिएको हो ।
११ वटा वडा बाट सहभागिता रहेको भेलाबाट चयन गरिएको नवगठित समितिको उपाध्यक्षमा बिर्ख बहादुर सार्की चयन भएका छन भने कोषाध्यक्षमा गोमा रसाइली , सचिवमा रबिन्द्र नकर्मि बिक , सहसचिवमा ईन्द्र बिक तथा सदस्य हरूमा कल्पना बिक , तिर्थमाया बिक , टीका ससार्कि, कालू सुनार , टेकबहादुर सुनार र लाल नागरिक सर्वसम्मत रूपमा चयन भएका छन ।
भेलाले धनबहादुर बिश्वकर्मा को संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति समेत चयन गरेको छ । अनुगमन समितिको सदस्य हरूमा बिष्णु बिक , खिमादेवी भुल , दुर्गाराज सुनार , ज्ञानु आग्रि , सोना मिजार , पवन रामदाम बिक चयन भएका छन ।
नवगठित समितिले नगरपालिका द्वारा बिनियोजन गरिएको दलित लक्षित बर्गको रकम निकासा गरि पुनर्वास का ११ वटै वटा अन्तर्गत दलित सशक्तीकरण , जातीय विभेद उन्मुलन सम्बन्धित का जनचेतनामूलक कार्यक्रम , दलितका विपन्न बालबालिकालाई शिक्षा लगायत बिषयमा रचनात्मक कार्यक्रम सम्पादन गरिने समिति का अध्यक्ष मदनलाल बिक ले जानकारी दिनुभएको छ ।
समिति गठन कार्यक्रममा विभिन्न वडा का महिला जनप्रतिनिधि , पुनर्वास नगरपालिका का प्रशासकीय अधिकृत धौलराम सार्की , समाजसेवी , बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो । नवगठित समितिलाई विद्वान युवा समाजसेवी माधव रोका ले सुझाव सहित धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम को सञ्चालन समाजसेवी दुर्गाराज बपकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply