हामी समानताको कुरा गर्छौं। लैङ्गकि हिंसा विरुद्धको चेतनाको कुरा गर्छौं,तर रुपान्तरण हुदैनन् :कौशिला नेपाली

धनगढी :- आज महिला आफैमा बिभाजित किन? यो गम्भीर प्रश्नको जवाफ खोज्न जरुरी छ। यसको जवाफ पुरुषले होइन महिलाले नै दिन जरुरी छ। यहि चैत्र ५ गते सम्पन्न स्ववियु चुनाव परिणामले हामी महिला अर्थात छात्रा विद्यार्थीलाई लज्जित बनाएको छ। हामी समानताको कुरा गर्छौं। लैङ्गकि हिंसा विरुद्धको चेतनाको कुरा गर्छौं। तर दासता भन्दा माथि उठ्न सकिरहेका छैनौं। सिमित पारिवारिक घेरा र चुलो चौकी भन्दा माथी उठ्ने हिम्मत गरिरहेका छैनौं। अर्थात कसैले छिटपुट हिम्मत गर्ने प्रयास गरे भने पनि आफुले आफैलाइ बिश्वास गर्न मुस्किल भैरहेको छ। यो निकै दु:खद बिसय हो। सामान्य उदाहरण यहाँ पेस गरेकी छु।

चौमाला क्याम्पसमा ३९५ जना जम्मा मतदाता संख्या थियो त्यो मध्य ३१५ जना महिला अर्थात छात्रा विद्यार्थी थियौं। एउटा मात्र संगठन अखिल(क्रान्तिकारी) ले सबै पदमा छात्रा अगाडि सारेको थियो। तर एउटालाई पनि हामिले बिश्वासको मत दिन सकेनौं। यसको पछाडिको खास कारण हाम्रो आश र दास मानसिकताको उपज हो। खुदको भरोसा हुन जरुरी छ। यो एउटा संगठनको कुरा मात्र थिएन हारजितको कुरा मात्र थिएन अन्य संगठनको समेत मुख्य पद बाहेक अन्य महिला थिए उनैलाइ समेत सुनियोजित हामिले हरायौ।

यो बिसय एउटा सचेत छात्रा साथी र महिलाले बुझ्न जरुरी छ। आज महिला पीडा महिलाले नै बुझ्दैन भने कस्ले बुझ्ला? यो प्रश्न मात्र होइन उत्तर तपाईं हामिले खोज्न जरुरी छ। म हारेको कतै मलाइ कमजोरी महसुस भएको छैन उर्जा थपेको छ। तर तपाइ हामी महिला साथीहरू एकपटक सोच्न जरुरी छ। कि, नारिको भावना बुझ्ने नारी नै हुन, मलाइ बिश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण साथीहरूमा हृदय देखि आभार प्रकट गरेकी छु। तपाइहरुको भरोसा टुट्न दिने छैन। अझै जोड्ने छु। मलाइ बिश्वास गरि टिकट दिने संगठनका आदरणीय नेता प्रती सम्मान छ। जित एकदिन सत्यको हुनेछ।

म आशामा होइन श्रममा बिश्वास गर्ने छु।

कौशिला नेपाली
उमेदवार
स्ववियु कोषाध्यक्ष
अखिल(क्रान्तिकारी)
चौमाला बहुमुखी क्याम्पस, कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply