दलित मुक्ति अभियान अध्यक्ष निर्बिरोध तुल्सिराम बिश्वकर्मा

बाँके। चैत्र १३।कृष्ण रसाइली
नेपाल दलित मुक्ति अभियान बाँके जिल्ला समितिले बाँके जिल्लाको नेपालगन्ज स्थित एक पार्टी प्यालेसमा २०७९ चैत्र ०७ गते बिहिबारको दिन नेपाल दलित मुक्ति अभियान मुल समिति बाँकेका संयोजक तुल्सिराम विश्वकर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बीच अफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल लाेहनीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रामकृष्ण विश्वकर्माको विशिष्ट आतिथ्यता र लिला विक, छविलाल परियार , लिलमान परियार, दुर्गा बिरही, लक्ष्मी घमाल, ,राम प्रकाश दर्नाल, वीर बहादुर सुनार ध्रुव श्रीपाइली, माेलह आर्य धाेबी, थान बहादुर बिक,लोक बहादुर परियार, रेशम परियार, दल बहादुर सुनार, सालिकराम परियार, रत्न महर, राम रैदास , राम बालक पासवान, टेक बहादुर वि.क, आकाश गहतराज, बिना विश्वकर्मा, सुर्य बि.क, दानबहादुर सुनार, लगाएतको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला संयोजक तुल्सिराम विश्वकर्माकाे अध्यक्षतामा ५१ सदस्यीय दलित जिल्ला कार्य समिति गठन गरिएको छ। साथै कार्यक्रममा राष्ट्रिय कलाकार साथै अभियानका बाग्मती प्रदेश संस्कृतिक बिभाग संयोजक दुर्गा बिरहीको पनि बेजोड प्रस्तुति रहेको कुरा कार्यक्रम संयोजक लीला विकले जानकारी गराउईन ।
अभियानका केन्द्रका, विभिन्न प्रदेशका, विभिन्न बिभागका, सामाजिक, राजनीतिक, संस्कृतिक लगाएत विभिन्न क्षेत्रका ब्याक्तित्वहरु, बुद्धिजिबि, सरोकार निकाय र पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बाेधन गर्दै दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष लाेहनीले दलित समुदायका व्यक्तिहरु सांगठनिक रुपमा एक भएर अगाडी बढन र आफ्नो अधिकारका निम्ति जुर्मुराएको अवस्था रहेको बताउनुभएको छ । उहाँले सिंगो भातृ संगठन बलियो र चलायमान बनाउनुपर्नेमा जोड दिदै संगठन बिस्तारमा अगाडी बढेको बताउनुभयो। कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि लगायतले बोल्दै नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । दलित संघ नगर सदस्य टेकबहादुर सुनारको स्वागत मन्तब्यबात सुरुवात गरिएको उक्त कार्यक्रमको संचालन नेपाल दलित संगठनका केन्द्रिय प्रतिनिधि सन्तोष कुमार बि.क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply