गायक तथा मोडल दुर्गा विरहीको ‘हितैको माया’ सार्वजनिक

धनगढी । लोक दोहोरी गायक तथा मोडल दुर्गा विरहीको लोक तथा दोहोरी गीत ‘हितैको माया’ सार्वजनिक भएको छ। वर्ष २०८० को पहिलो दिनको अवसरमा पारेर गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको हो।

छत्रशाही र मनमाया वाइबाको स्वरमा रहेको गीतमा सङ्गीत दुर्गा विरहीको छ। भिडिओमा पनि दुर्गा विरहीकै प्रमुख अभिनय छ।
द्रुपति विकको शब्द रहेको गीतको एरेन्ज झलक संगीतमले गरेका हुन्।

शिवन पोखरलेको निर्देशनमा बनेको भिडिओमा दुर्गा बिरहीसँगै द्रुपति विक, पिएन साइँला, सन्ध्या सानु, लक्ष्मी सुनार, दीपेन्द्र क्षेत्री, भावना खड्का र जीआर बानियाँलाई पनि देख्न सकिन्छ। भिडिओको सहनिर्देशक दुर्गा विरही आफैँ हुन्। भिडिओलाई समीर रामदामले खिचेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply