एनएमबी बैंकको मसुरिया शाखाद्वारा खेल सामाग्री प्रदान

घनश्याम पौडेल
२२ असोज, मसुरिया
एनएमबी बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत खेल सामाग्री प्रदान गरेको छ ।
बैकको गौरीगंगा नगरपालिका ८ मसुरिया शाखाले बार्षिक कार्यक्रम अन्तर्गत मसुरिया फुटबल एकेडेमीलाई खेलकुदका सामाग्रीहरु प्रदान गरेको बैंकका शाखा प्रमुख छविराज जोशीले जानकारी दिएका छन् ।
बैंकले ५५ हजार रुपैया बराबरको ३४ वटा फुटबल, १० वटा सलोम पोल,२२ वटा बिप्स,४० वटा मार्कर र ३० वटा कोन प्रदान गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकका सुदुरपश्चिम प्रमुख श्याम अधिकारी, अमन जोशी , मसुरिया शाखाका सन्तोष चन्दको उपस्थिति रहेको थियो

खेलकुद सामाग्रीको सहयोगले मसुरिया फुटबल एकेडेमीको नियमित प्रशिक्षण तथा खेलकुद कार्यक्रम संञ्चानका लागि हौसला प्राप्त भएको एकेडेमीका प्रशिक्षक मिलन ओलीले बताए ।
गौरीगंगा नगरपालिका वडा नं ९ शंकरपुरमा रहेको एकेडेमीमा नियमित प्रशिक्षणमा १४० जना भन्दा बढि बालबालिका सहभागी रहेका छन् । यस एकेडेमीका खेलाडीले राष्टिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । केहि खेलाडीहरु विभिन्न विभागिय टोलीमा आबद्ध भई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply