कैलारी गाउँपालिका द्घारा बायो-ईन्जिनियरिङको अनुगमन

धनगढी :- Kerk in actie र Cordaid को सहयोग र कैलारी गाउँपालिकाको समन्वयमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत कैलारी गाउँपालिकामा कार्यान्वयन गरिएका विभिन्न गतिविधिहरुको स्थानीय सरकारको तर्फबाट अनुगमन कार्य सम्पन्न भएको छ ।

यस क्रममा बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा कैलारी गाउँपालिका वडा नं ३ सुर्मीनालामा निर्माण गरिएको जैबिक तटबन्ध,बिपदबाट बच्न समुदायले गरेका प्रयास र अभ्यासहरु तथा योजनाको अवलोकन गर्नुका साथै छलफल समेत गरिएको थियोे । अनुगमन टोलीका प्रमुख एंव कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी ले निर्माण गरिएको जैबिक तटबन्धको अनुगमन गर्दे स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बाढी,डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट अाफूहरु सहकार्य गर्न तत्पर रहने बताउनु भयो । अनुगमनका क्रममा परियोजनाका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले कैलारी गाउँपालिकामा संचालन भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियोे । अनुगमन टोलीमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी,वडा नं ४ का अध्यक्ष एंव बिपद समिति संयोजक ठागुराम चौधरी,प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर ऐर,वडा नं ३ का का.बा. अध्यक्ष किसनलाल चौधरी,सामाजिक बिकास अधिकृत यगम कलेल,पत्रकार प्रेम चौधरी,जितेन्द्र चौधरी,डिअारअार एक्सपर्ट राजेन्द्र रैका,सामाजिक परिचालक सर्मिला चौधरी लगायतको सहभागीता रहेको थियोे ।
णो ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply