इजरायल घटनाबाट बाँच्न सफल कृष्णपुर नगरपालिकाका चारैजना विद्यार्थीलाई नगरप्रमुख ओझाले घरसम्मै पुर्‍याए

धनगढी ;- गत शनिबार इजरायलमा हमास विद्रोही समूहले गरेको सांघातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारैजना विद्यार्थीहरुलाई सो नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्‍याएका छन् । बिहीवार नेपाल एयरलाइन्स मार्फत काठमाडौ पुगेका २५३ विद्यार्थीहरुसँगै आएका उनीहरु सनिवार घर पुगेका हुन । कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती र वड नं ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफुसँगै श्री एयरलाइन्सको विमान मार्फत घर ल्याएका हुन । बिहिवार बिहान नगरप्रमुख ओझाले चारै जना विद्यार्थीहरुलाई त्रिभुवन विमानस्थल स्वागत गर्दै उतैबाट आफ्नो निवासमा लगेका थिए । शुक्रबार दिनभरी आफुसँगै विद्यार्थी राखेका ओझाले सनिवार बेलुकि धनगढी विमानस्थल पुगेका विद्यार्थीहरुलाई नगरपालिकाकै गाडीमा सबैलाई घरसम्मै पुर्‍याएका हुन ।

धनगढीमा विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिदै नगरप्रमुख ओझाले इजरायलमा हमास विद्रोही समूहको आमक्रणमा परी १० विद्यार्थीले ज्यान गुमाएको र दर्जनौं घाइते भएको खबर सुन्दा आफू विक्षिप्त भएको बताए । उनले कृष्णपुरका पनि ४ जना सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्राम अन्तर्गत इजरायल पुगेका खबर सुनेदेखि आफू नियमित उनीहरूसँग भिडियो कलमा जोडिनै रहेको थिए ,चिन्ता नमान्न र आत्मबल बढाउन भनेर बारम्बार भनिरहेको थिए नभन्दै बिहिवार नेपाल एयरलाइन्स मार्फत त्रिभुवन विमानस्थल आफ्नो नगरपालिकाका विद्यार्थीहरु देख्दा भावुक भएको बताए । उनले नेपाल सरकार र विशेष गरि परराष्ट्र मन्त्री एन.पि.साउँदको सक्रियताले उद्धार गर्न सम्भव भएको भन्दै नेपाल सरकार र परराष्ट्र मन्त्रीलाई धन्यवाद समेत दिए । नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्ने बारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केहि न केही पहल गर्ने बताए ।

मृत्युको मुखैबाट बाँच्न सफल भएर धनगढी विमानस्थलमा पुगेका कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती र वड नं ४ का रमेश कार्की र पदम धामी बिछट्टै खुशी थिए । विमानस्थलमा पत्रकारहरुसँग नरेश शिंह भण्डारी ( निथिन ) ले भने बाँच्ने आशा मारीसकेका थियौं खै कसरी जोगियौं र आज घरसम्म पुग्यौं यो सपना जस्तै लागिरहेको छ । प्रकाश ,रमेश र पदमको पनि एउटै भनाइ थियो हामीले आफ्नै देशको भुमी टेक्नु रैछ यो दोश्रो जुनि हो अब यतै केही गर्छौं । राज्यले हामीलाई केही न केही सहयोग गरे हामी यतै नमुनाको काम गरेर देखाउँछौं । उनीहरूले आफ्नो ज्यान दाउँमा राखेर धेरैलाई बचाएका आफ्नो साथी बिपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहँदा भने अत्यन्तै दुख लागेको भन्दै सरकारलाई बिपिनको खोजी कार्य अगाडि बढाइदिन र मृतकहरुको लास नेपाल छिटोभन्दा छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply