तीन खम्वे अर्थनीति अवलम्बन गछौ : मुख्यमन्त्री शर्मा

प्रतीक इच्छुक शर्मा
धनगढी । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राज्य, नीजि र सहकारी क्षेत्रका वीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स-सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता र उत्पादनमा लगानी गरेर अर्थतन्त्रको सुधार, विकास ,संस्कार र संस्कृतिलाई माथि उठाउन सकिने सकिन्छ । त्यसका लागि राज्य सरकार, नीजि र सहकारी क्षेत्रलाई संगै लिएर जानुपर्दछ । तिनै क्षेत्रको सहकार्यवाट काम अघि वढ्छ ।’

त्रिपुरेश्वर बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर १ सुर्खेतको २९औ वार्षिक साधारण सभालाई शनिवार सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले गाउँ घरमा रहेका सहकारीले समुदायमा सुख र दुखको साथीको रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘थोरै थोरै वचत गर्दा भएको पुजीलाई उत्पादन ,उद्यमशिलतासंग जोडेर जनताको सुखमा भन्दा अझ वढी दुखपार लगाउने साथि हुनुपर्दछ ।’

कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई सुखी र खुसी बनाउन आर्थिक सम्पन्तार समाजीक न्यायलाई प्राथमिकता राखेर मात्र प्रदेशको समग्र समृद्धिपुरा गर्न सकिने भएकाले रोजगारी र समाजीकरुपान्तरणका कार्यक्रम अघि सारेको बताउनुभयो । समुदायका हितका लागि कार्य गर्नु पर्ने सहकारीले वदमासी गर्दा जनतामा सहकारीप्रतिको धारणा नकारात्मक वन्दै गएको तर्फ सहकारी सञ्चालकहरुले समयमै ध्यान दिन आवश्यक भएको शर्माको भनाई रहेको छ ।

समाजवादी मोर्चा सुर्खेत घोषणा, माओवादी केन्द्रका राना संयोजक
प्रतीक इच्छुक शर्मा

सुर्खेत । समाजवादी मोर्चा सुर्खेत गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर राना संयोजक रहेको जिल्ला मोर्चा घोषणा
गरिएको छ । मोर्चाको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का तर्फवाट टोपवहादुर दर्लामी, नेकपा एकिकृत समाजवादीका तर्फवाट टोपवहादुर रास्कोटी, खड्क केसी, नेकपाका तर्फवाट जीत सी, योजना सी र जसपाका तर्फवाट दीप नेपाली, गंगा देवकोटा सदस्य रहनुभएको छ ।

मोर्चा घोषणालाई सम्वोधन गर्दे नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानमै समाजवाद उन्मुख ब्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा वहश सृजना गर्नु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘संविधानमा समाजवाद उन्मुख ब्यवस्था भनिएको छ । काँग्रेस ,कम्युनिष्टसवैले समाजवाद भनिरहेका छौ । कस्तो समाजवाद हामीले चाहेको हो । वहस गर्न जरुरी भएको छ ।’

नेपाली मौलिकताको समाजवादलाई विकास र स्थापित गरेर मात्र अहिलेको समाजीक अन्तरविरोधलाई हल गर्न सकिने भएकाले आर्थिक सम्पन्ता, समाजिक न्यायलाई एकसाथ वढाउनुपर्ने शर्माले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्ता संग सुख र समाजिक न्यायसंग खुसी जोडिएको छ ।’

कर्णाली प्रदेश सरकार आर्थिक सम्पन्ताका लागि रोजगारी र समाजीक न्यायका लागि जागरणका कार्यक्रम सञ्चालनको तयारी गरिरहेको शर्माको भनाइ छ ।कार्यक्रममा नेकपा (एकिकृत समाजवादीका जिल्ला सह ईञ्चार्ज कुलदिप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्टपार्टीका विचमा एकता जरुरी भएको वताउनुभयो ।

नेकपाका नेता भरत सीले राष्ट्रिय स्वतन्त्रतास्वाधीनता ,सामुहिकतामा समाजबाद बिना सुशासन, शान्ति र समृद्धका लागि समाजवाद अपरिहार्य भएको वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply