वर्षासंगै परेकाे असिनाले बैतडीका विभिन्न स्थानमा बालीनाली सखाप

वर्षासंगै परेकाे असिनाले बैतडीका विभिन्न स्थानमा बालीनाली सखाप पारेकाे छ । आइतबार बेलुका परेकाे असिनापानीले जिल्लाकाे डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका,सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकालगायतका किसानको बालिनाली नष्ट गरेकाे हाे। असिना पानीले पाकेकाे धान,भटमास,काेदाे, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो ।

पाकेर भित्र्याउन तयारी गरेकाे बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। असिनापानीले मुख्य खाद्यबालीको रुपमा धान र भट्मास नै सखाप गरिदिएपछि भोकमरीको चिन्ता बढेको छ । धान र भट्मासका साथै किसानहरुले आफ्नो खेतमा लगाएको सबै तरकारी समेत असिनापानीले नष्ट गरेको छ । दिनभरी मौसम सफा रहेपनि साझँपख बर्षा भएको छ । बर्षाका कारण खरफागलाहरुमा काटेर सुकाएको खर घाँस समेत बगाएको दाेगडाकेदारकी अन्जु भाटले बताउनुभयाे । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसानहरु चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply