नेपाल टेलिकमले ल्यायो दसैँ अफर

नेपाल टेलिकमले दसैँ अफर अन्तर्गत सहुलियत दरका डेटा र भ्वाइस प्याकसहित रिचार्ज अन बोनस उपलब्ध गराउने भएको छ । दसैँका लागि यो अफर आज असोज २८ देखि प्रारम्भ भएको छ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डेटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डेटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डेटा प्याक उपलब्ध हुनेछ ।

सोही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply