भजनी नगरपालिकाले घाट ठेक्कामा नदिँदा १६ लाख राजस्व गुम्यो, स्थानीय सास्तीमा

गणेश क्षेत्री भाद्र ७
भजनी (कैलाली) – भजनी नगरपालिका–अन्तर्गतका कुसुम घाट र जसबहादुर घाट टेन्डरमा नदिँदा झण्डै १६ लाख रुपैयाँ बराबरको राजस्व नोक्सानी भएको छ।

नेपाली घाट बन्द भएपछि स्थानीयहरू भारतीय बजार तिकुनिया ओहोरदोहोर गर्न बाध्य छन्। तर भारतीय ठेकेदारले मनपरी दोब्बर भाडा असुल्दै आएको Joshipur का रामबहादुर चौधरीले बताए।

नगरप्रमुख केवल चौधरीले “घाट दिँदा विवाद हुने भएकाले यसपटक टेन्डर नदिएको” बताएका छन्। तर घाट सञ्चालनमा नआएपछि स्थानीय नागरिक मात्र होइन, नगरपालिकाले समेत राजस्व गुमाएको समाजसेवी हरि देवकोटाले आरोप लगाए।

गत वर्ष कुसुम घाट ७ लाख रुपैयाँमा ठेक्कामा गएको थियो भने अघिल्लो वर्ष १७ लाखमा गएको थियो। जसबहादुर घाटबाट मात्रै भजनी नगरपालिकाले ३ लाख ५० हजार राजस्व संकलन गरेको ठेकेदार नेत्र देउवाले जानकारी दिए।

नगरपालिकाले तोकेको दरअनुसार मोटरसाइकल (मान्छेसहित) ३५ रुपैयाँ, पैदल २० रुपैयाँ र साइकल ३० रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था छ। तर भारतीय ठेकेदारले मोटरसाइकलमा १०० रुपैयाँ र साइकलमा ५० रुपैयाँ असुल्दा नेपाली नागरिक मारमा परेका छन्।

कुसुम घाटबाट मात्र दैनिक झण्डै १५० जना ओहोरदोहोर गर्छन्,” पूर्व–ठेकेदार चक्र साउदले बताए।

स्थानीयले घाट पुनः सञ्चालनमा ल्याउन माग गर्दै नगरपालिकालाई गैरजिम्मेवार भएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply