बैतडीको मेलौलीमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

बैतडीको मेलौलीमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मेलौली भगवती मन्दिर नजिक मंगलबार बिहान साढे ८ बजेतिर म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन् । घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् । मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको इलाका प्रहरी कार्यालय मेलाैलीका इञ्चार्ज हरजित कुँवरले जानकारी दिनुभयो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । यस्तै बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र २ बाख्रा मरेका छन् । सोमबार परेको चट्याङ लागेर पाटन नगरपालिका १० का शंकर बिष्टले पालेको भैंसी मरेको हो । चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित इलेक्ट्रोनिक सामग्रीमा क्षति पुगेको छ । यस्तै सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक÷एक बाख्रा पनि चट्याङ लागेर मरेका छन् ।

चट्याङका कारण पाटन १० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply