जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रमुख एसपी थापालाई सुभूषण पदक

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापलाई नेपाल प्रताप सुभूषण पदक पाईएको छ । नेपाल प्रहरीका अब्बल प्रहरी अधिकृत एसपी थापालाई नेपाल प्रताप सुभूषण पदक पाईएको हो । सोमबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बिच ६८ औं नेपाल प्रहरी दिवस ०८० को अवसरमा कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक थापा नेपाल प्रताप सुभुषण पदकबाट पुरस्कृत भएका छन ।

प्रहरी प्रमुख प्रहरी महानिरिक्षक (आईजिपि) वसन्त बहादुर कुवँरले एसपी थापालई नेपाल प्रताप सुभुषण पदक हस्तान्तरण गरेका थिए । एसपी थापाले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएमा उचित मुल्यांकन गर्दै प्रहरी दिवसको अवसर पारी पुरस्कृत बनेका छन । पुरस्कार ग्रहण गर्दै एसपी थापाले संगठले प्रहरी सेवामा गरेको आफ्नो उचित मुल्यांकन गरेर सम्मान स्वरूप नेपाल प्रताप सुभूषणबाट विभूषित भएकोमा खुसि ब्यक्त गरेका छन ।

यस अघि एसपी थापाले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्ज काठमाडौमा रहदा अनुसन्धानका क्षेत्रको कार्य सम्पादनमा उकृष्ट भुमिका निर्वाह समेत गरेका थिए । प्रहरी उपरिक्षक थापा नेपाल प्रहरीको अपराध अनुसन्धान र नियन्त्रणका क्षेत्रमा एक अब्बल सिनियर अनुसन्धान अधिकृतको दर्जामा हेरिने गर्दछन । सोहि बखतको मुल्यांकन गर्दै यस पटक विभुषित बनेका हुन ।

पुरस्कार विशेष गरी आतंककारी गतिविधि वा दंषा नियन्त्रण गर्ने कार्यमा उलेख्य कार्य गर्ने, गम्भीर प्रकृतिको अपराध नियन्त्रण एवं अनुसन्धानमा उलेख्य भुमिका निर्वाह गर्ने, आफ्नो सेवा प्रती अत्यन्त निष्ठावान भई आफु कार्यरत संगठनको ना उच्च राख्न उलेख्य योगदान दिने, प्रकृतिक प्रकोपमा पिडतको हारात तथा उद्वारमा एवं व्यवस्थापन वा जोखिम न्युनिकरणमा उल्लेख्य योगदान पुर्याउने प्रहरीलाई नेपाल प्रताप सुभूषण अलंकार प्रदान गरिने गरिन्छ ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका प्रहरी प्रमुख कुवँरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग र्पुयाउने विभिन्न महानु भावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्नु भएको थियो । पछिल्ला दिनमा कञ्चनपुरमा समेत भन्सार तथा आन्तरिक राजस्व चोरी तस्करी बिरुद्धमा निर्मम कार्बाहीदेखि शान्ति सुरक्षामा प्रभावकारी कदम चालेपछि स्थानीय स्तरबाट समेत एसपी थापाको प्रसंसा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply