भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रुपमा आवागमन सुचारु

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियोे ।

पूर्णरूपमा नाका सुचारू भएसंगै अब बिहान ६ बजेदेखि साँझ सात बजेसम्म आवागमन हुनेछ । झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकहरुलाई सहज भएको छ । नाकामा आंशिक रुपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकोमा अब झण्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।
नाका पूर्ण रुपमा सुचारु भएसंगै दशैंको समयमा बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ । पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ ।
पुल मर्मतका लागि नाका बेलाबेला बन्द गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply