कृष्णपुरद्वारा ५० प्रतिशत अनुदान: किसानहरुलाई पावर टिलर वितरण

धनगढी : कञ्चनपुर कृष्णपुर नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ ।आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा व्यवसायीक किसानका ६९ वटा पावर टिलर र ४६ वटा मिनि पावर टिलर वितरण गरेको हो ।
नगरपालिकाले नगर क्षेत्रका किसान समूहलाई  पावर टिलर  प्रदान गरेको हो। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका हुन्।  
नगरप्रमुख हेमराज ओझाले कृषक समुह तथा फर्महरुलाई उक्त पावर टिलर वितरण गर्दै  कृषिलाई व्यवसायीकरण, यान्त्रिकरण र आधुनिकीकरण गरी मातृ पेशाको रुपमा अगाडी बढाउन जरुरी रहेको बताए । नगरपालिकाले कृषि क्षेत्रमा लागत तथा श्रम घटाई उत्पादकत्व वृद्धि गर्ने र किसानहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने लक्ष्यका साथ विभिन्न अनुदान लगायतका कार्यक्रमहरु ल्याएको ओझले बताए । उनले भने ‘किसानले आयआर्जनको लागी कृषि पेशा अंगाल्न थाल्नुभएको छ, उहाँहरुलाई नगरका यस्ता कार्यक्रमले प्रोत्साहन मिल्ने विश्वास दिलाए साथै कृषि क्षेत्रमा नगरले विभिन्न कार्यक्रमहरु ल्याएको बताउदै उनले त्यस्ता कार्यक्रमहरुको किसानहरुले पनि प्रभावकारी रुपमा प्रयोग गरेको बताए ।
्ण
नगर उप-प्रमुख द्राेपती रानाले कृषकहरुलाई कृषि पेशामा आकर्षित गरी व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध गर्न नगरपालिका लागीपरेको उनले बताईन । यसैगरी उपप्रमुख रानाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागी नगरपालिकाले कार्यक्रम ल्याएको बताईन । खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा आफ्नै देश र आफ्नै माटोमा पसिना बगाए त्यसले अवश्य पनि प्रतिफल दिने उनले बताईन ।
उनले किसानहरुलाई कृषि प्रति अभिप्रेरित गरी उनिहरुलाई कृषिमार्फत नै आत्मनिर्भर बनाउन नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी ‘किसानका लागि कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउनेछ,’ उनले बताईन।  
कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट उन्नत जातको धानको बीउका साथसाथै विभिन्न तरकारीको बिउ पावर टिलर,, मोटरसहितको सिचाई बोरिङ्, स्प्रे ट्याङ्की,
 किसानले कृषियन्त्र, प्रावित्रिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् । 
किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउँछन् ।अनुदान, प्रविधिजस्ता सहयोग,पाएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती गर्ने छन्” ।

कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट उन्नत जातको धानको बीउ,तरकारीको बिउ पावर टिलर,, मोटरसहितको सिचाई बोरिङ्, स्प्रे ट्याङ्की,
 किसानले कृषियन्त्र, प्रावित्रिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply