धनगढी :- हेलमेड भित्र लागु औषध तस्करी गर्ने कञ्चपुरका एक युवक पक्राउ परेका छन । भीमदत्त नगरपालिका १० का युवक प्रमल नाथ पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकास डाँगीले २४ बर्षिया नाथले हेलमेडभित्र लुकाएर लागु औषध ओसारि रहेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको बताउनु भयाे।
नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ब्रम्हदेब प्रहरी टोलीले पक्राउ गरेको हो । नाथले हेलमेड भित्र १.३७ ग्राम खैरो हिरोईन लुकाएर ल्याएका थिए । नाथलाई हिरासतमा राखिएको छ । यस्तै उनकाे साथबाट म १ प ७१३४ नम्बरको मोटरसाईकल पनि बरामद गरिएको छ ।
उक्त लागु औषध नाथले कहाँबाट ल्याएको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका देखिन भन्सार चाेरी, तस्करी, सामाजिक विकृति विरूद्व जिल्ला भरीमा निरन्तर अभियान संचालन गरिरहेको छ ।
