हेलमेड भित्र लागु औषध तस्करी गर्ने कञ्चपुरका एक युवक पक्राउ

हेलमेड भित्र लागु औषध तस्करी गर्ने कञ्चपुरका एक युवक पक्राउ परेका छन । भीमदत्त नगरपालिका १० का युवक प्रमल नाथ पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले २४ बर्षिया नाथले हेलमेडभित्र लुकाएर लागु औषध ओसारिरहेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको बताए ।

नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ब्रम्हदेब प्रहरी टोलीले पक्राउ गरेको हो । नाथले हेलमेड भित्र १.३७ग्राम खैरो हिरोईन लुकाएर ल्याएका थिए । नाथलाई हिरासतमा राखिएको छ । भने म१प७१३४नम्बरको मोटरसाईकल बरामद गरिएको छ ।

उक्त लागु औषध नाथले कहाँबाट ल्याएको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका लागि जिल्लामा निरन्तर अभियान संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply