इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण,

इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो ।चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ ।


आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ ।न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पुर्‍याउने व्यवस्था गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply