पिपरिया: खेलाडी छन्, खेल मैदान छैन

सरस्वती सुनार
कञ्चनपुर का भिन्न स्थानमा थुप्रो खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको पिपरिया शिव युवा क्लबका उपाध्यक्ष श्रीराम रानाले बताएका छन्। खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले सक्दो प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरुले बताए।
ुशिव युवा समितिका उपाध्यक्ष रानले खेल मैदानको अभावमा खेलकुद क्षेत्र पछाडि परेको जानकारी रैकवार खबर दैनिक लाई जानकारी गराए । ‘हामीसँंग एउटा पनि खेलकुद मैदान छ्रैनन्,’ ।
कला, संस्कृति र परम्परासँगै कञ्चनपुर खेल क्षेत्रमा पनि अब्बल छ ।
खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला–ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । भए पनि साँघुरा छन् । उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् ।


खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति विदेशिनुपरेको छ । त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरूले आफ्नो पहिचानलाई थप उचो बनाएका छन्
कृष्णपुरका दर्जनौँ खेलाडीले राष्ट्रियस्तरमा आफ्नो पहिचना स्थापित गराउन गर्न सफल भइसकेका छन् । अहिले पनि उनीहरुकै पछि–पछि सयौँ बालबालिका तथा युवा भलिबल र फुटबल खेल्दै आएका छन् ।
खेलमैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लोस्तरको खेल कसरी खेल्न सकिन्छ भन्ने अन्योलमा छन् । राम्रो प्रशिक्षक र खेलमैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको पिपरिया शिव युवा कलव फुटबलका उपाध्यक्ष श्रीराम रानाले बताए । कृष्णपुर नगरपालिका –९ का रानाले विगतमा आफू बाटोको कुना, बलुवा नाला खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताए । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको राना बताउँछन् । अहिले पनि राज्यको खेलप्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उनको भनाइ छ । उनले भने, “खेल क्षेत्रमा अहिलेका पुस्तामा निकै ठूलो क्रेज छ, यो क्षेत्र निकै गौरव गर्न लायक क्षेत्र पनि हो, तर उपेक्षामा परेको जस्तो लाग्छ, अहिले पनि नयाँ–नयाँ सम्भावना बोकेका खेलाडी उत्पादन भइरहेका छन्, खेल्ने राम्रो वातावरण भएको भए उनीहरू देशमा मात्रै होइन, विदेशमा पनि छवि कमाउन सक्थे ।”

पिपरियाका समाजसेवी राधेश्याम रानाले गाउँघरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नुपरेको सुनाए । रानाले समथर खेलमैदान नहुँदा काठ, मुडामाथि खेल खेल्नुपर्ने स्थिति रहेको गुनासो पोखे । ग्रामीण क्षेत्र निकै अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको रानाको भनाइ छ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ स्थित गौडी, अन्य ठाउँमा पर्याप्त खेलमैदान छैनन्। क्लबका उपाध्यक्ष राना भन्छन् सरकारले खेलकुदसम्बद्ध सङ्घसंस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताए । उनले भने, “बजेट कहाँ छ ?, कहाँबाट कति आउँछ, यसबारेमा खेलाडीलाई थाहै हुँदैन, खेलाडीको धेरै गुनासो खेलमैदानकै भएको हुँदा पछिल्लो समय हामीहरूले यसबारेमा जानकारी लिन थालेका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply