चट्टान ले मनाए दृष्टि फाउन्डेसनमा जन्मदिन

कञ्चनपुर :- कृष्णपुर नगरपालिका ९ राजघाट निवासी लक्ष्मण सुनार (चट्टान ) हाल १३ बर्षमा प्रबेश गरे । फरक ढंग बाट आफ्नो जन्मदिन मनाउने भन्दै उनी दृष्टि फाउन्डेसन नेपाल धनगढी कैलाली ( आश्रम ) मा दशमी टिकाकाे दिन पुगे ।
आश्रम पुग्दा उनको हातमा फलफुल थियो । मुस्कुराउदै हातमा रहेका सामाग्री फलफूल,मिठाइ आश्रममा रहेका दृष्टि विहिन महिला र बालबालिकाका हातमा थमाइ दिए ।
घरमा तामझामका साथ जन्मदिन मनाउन भन्दा तेहि खर्चले कसैलाइ सहयोग पुग्योस भन्ने उनको भनाइ छ । “घरमा साथी भाइ संग रमाइलो गर्दा खर्च त भइनै हाल्छ तेहि खर्चले कसैलाई सहयोग पुग्छ भने सहयोग किन नगर्ने , यस्तो धर्म कमाउने काम सबैले गर्नु पर्छ – नाबालक लक्ष्मण सुनार चट्टानले भने ।
फाउण्डेशनकी संचालिका कल्पना भट्टले उनलाई टीका लगाई धन्यवाद ज्ञापन गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply