नेपाल विद्यार्थी संघ कञ्चनपुर अध्यक्षमा नरेश पण्डित ताेकिएका

नेपाल विद्यार्थी संघ कञ्चनपुर अध्यक्षमा नरेश पण्डित ताेकिएका छन् ।

यस अघि नेवि संघका जिल्ला अध्यक्ष रमेश चटौतले आफु खुसि जिल्ला समिति विस्तार गरेकाे भन्दै विवाद बढेपछि यसरी समानान्तर कमिटी सम्म पुगेको हाे ।

कञ्चनपुरबाट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सात केन्द्रीय सदस्य सहित जिल्ला नेताको भेलाबाट शुक्रबार जिल्ला अध्यक्षमा नरेश पण्डितलाई चयन गरिएको नेवि संघ केन्द्रीय कार्य समितिले बताएकाे छ ।

नेवि संघका केन्द्रीय सदस्य लाेचन कार्किले संघका क्रियाशिल नेता कार्यकर्तालाई बाहिर राखेर संगठन विस्तार गरिएकाले हामिले त्ससकाे विराेधपछि यसरी अध्यक्ष फेरिएकाे बताए । उनले भने “त्यसलाई सच्याउन गरिएका आग्रह वेवास्ता भएकाले विद्यार्थी हितका लागि भेला गरी जिम्मेवारी दिइएको बताए ।”

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जोशी सहित दिनेश शर्मा, इन्द्र साउँद, अमितजङ्ग कार्की, लोचन सिह कार्की, सञ्जय अधिकारी, शेषशैया कुमार विष्ट र मनोज भट्टले एक साता अघि संयुक्त विज्ञिप्ति जारी गरी विधान विपरितका गतिविधि गरिएको आरोप लगाएका हुन् ।

उनीहरूले संयुक्त विज्ञप्तिमा काँग्रेस कञ्चनपुरलाई केन्द्रीय सदस्यले अध्यक्ष चटौत नेतृत्वको संघका गतिविधिमा संलग्न नभएर निष्पक्ष र अभिभाकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

शुक्रबार फेरि उनीहरुले संयुक्त विज्ञप्ति जारी पण्डितलाई अध्यक्ष चयन गरिएको सार्वजनिक गरेका छन् । नेवि संघ केन्द्रीय समितिले चटौतलाई ८ महिना अघि अध्यक्षको जिम्मेवारी दिएका थिए । उतिबेला ३ महिना भित्र नेवि संघ कञ्चनपुरकाे अधिवेशन गराउने गरी उनलाई अध्यक्ष ताेकिएकाे थियाे ।

जिल्ला अध्यक्ष चटौतले आफूहरुसित सल्लाह नगरी जिल्ला समिति विस्तार गरेको भन्दै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको काँग्रेस नेताहरु बताउँछन् ।

उता अध्यक्ष चटौतले काँग्रेस कञ्चनपुर र संघका सबै नेताहरूसंग सल्लाह गरी समिति गठन गरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply