सिता सामुदायिक वनको अध्यक्षमा चौधरी

२०८० कार्तिक १२, रैकवार खबर
कञ्चनपुर – कृष्णर नरगपालिका वडा नम्बर ९ मा रहेको सिता सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनाराम चौधरी विजयी भएका छन्। प्रतिद्वन्द्वी अध्यक्ष माेहन शाहीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन्। चौधरीले २ सय ५९ मत पाए भने शाहीले १ सय ५७ मत पाए। यस्तै उपाध्यक्षमा २ सय ५३ मत सहित सुमन भुल विजयी भएकी छन् भने उनका प्रतिद्धन्द्धी बुझवान डंगौराले १ सय ४८ मत पाए। यस्तै सचिवमा २ सय ५९ मतका साथ निर्मला चन्द शाही विजयी हुँदा सचिवकै प्रतिद्धन्द्धी धौली पार्की (कामी) ले १ सय ४५ मत पाएकी छिन्। कोषाध्यक्षमा पुजा कुमारी चौधरी २ सय २६० मत सहित विजयी हुँदा प्रतिस्पर्धी सारदा देवी महराले १ सय ४७ मत पाए।

यस्तै सदस्य-असोक राना,जित बहादुर बोहरा,करण बहादुर महरा,लोकराज जोशी,सुनिता चौधरी,कमला खड्का,शिर बहादुर चौधरी (डंगौरा)सदस्यमा विजयी भएका छन् । ४ सय ४३ साधारण सदस्य रहेकोमा मतदानमा ४सय २४ जनाले सहभागिता जनाएका थिए। अध्यक्ष पुनाराम चौधरी र माेहन शाहीका प्यानल ् सहित चुनावी मैदानमा उत्रिएका थिए। 

निर्वाचन भब्य र सभ्यताका साथ सम्पन्न भएको थियोे । चुनाव चिन्ह हात्ती पाएका पुनाराम चौधरीकाे प्यानल सहित विजयी भएको मतदान अधिकृत नवीन सिंहले जानकारी गराए साथै आइतबार दिउँसो १२ बजे प्रमाणपत्र सहित सफल ग्रहण गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply