प्रगति एकता समाज कञ्चनपुर बेलडाँडीको अध्यक्षमा शंकर भट्ट चयन भएका छन । बेलडाँडी गाँउपालिका १झिलमिलाबस्तीमा केन्द्रीय कार्यालय रहेको प्रगति एकता समाजको अध्यक्षमा भट्ट चयन भएका हुन । प्रथम साधारण सभाबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका छन ।
उपाध्यक्ष चन्द्रमा जोशी, सचिव दशरथ महर, सह सचिव नारासिह ठगुन्ना, कोषाध्यक्ष दिपेन्द्र भट्ट, सदस्य जमुना सिह, उत्तम सिह कार्की, विपिन भट्ट, सन्तोष विष्ट रहेका छन ।
प्रगति एकता समाजका निर्वतमान अध्यक्ष धनसिह विष्टले नव नयाँ समितिका पदाधिकारी, सदस्यलाई बधाई दिदै कार्यभार हस्तान्तरण गरेका छन । प्रगति एकता समाजको अध्यक्षमा चयन भएका युवा नेता समेत रहेका शंकर भट्टले समाज सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
