दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ

दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।

सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।

उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो। उनलाई बिहान ११: ४० मा पुन: पक्राउ गरिएको हो। नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply