कञ्चनपुरको खोला किनारमा जुवातास खेलिरहेका ८ जना पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेका ८ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार जुवाखालबाट १लाख, १४ हजार ११० रुपैया नगद सहित १ गड्डी तास, मोटरसाईकल ६ र १ स्कुटर नियन्त्रणमा लिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply