जुवा खालबाट पक्राउ परेका ८ जनाकाे नाम प्रहरीले सर्वजनिक

जुवा खालबाट पक्राउ परेका ८ जनाकाे नाम प्रहरीले सर्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) र नेपाली सेनाका एक जना सहित जुवाखालबाट ८ जना पक्राउ गरेकाे हाे ।

भीमदत्त नगरपालिका–७ हल्दुखालकाे खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापा र नेपाली सेनामा कार्यरत नरेन्द्र पाण्डे सहित आठ जना पक्राउ परेका हुन्। पाण्डे कहाँ कार्यरत हुन र कुन पदमा कार्यरत छन्, भन्ने खुलेकाे छैन ।

पक्राउ पर्नेमा भिनपा-६ ऐठपरका पारस भट्ट, भिनपा-२ महुलियाका ३४ बर्षिया नेपाली सेनामा कार्यरत नरेन्द्र पाण्डे, भिनपा-७ हल्दुखालका ४६ बर्षिया प्रहरी नायव निरिक्षक (सई) पदम थपा, १८ बर्षिया सञ्जय विष्ट, ३९ बर्षिया जयबहादुर बोहरा, ५० बर्षिया पिसि ठाकुर, ३८ बर्षिया डम्बर कुँवर, भिनपा-३ तिलकपुरका ३० बर्षिया भक्त बहादुर विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनीहरू सबैलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनकाे म्याद थप गरेर अनुसन्धान भईरहेकाे उनले बताए ।

जुवा खेलिरहेका सई थापा स्वत: निलम्बनमा परेका छन् । यस्तै अर्का नेपाली सेनाका पाण्डेलाई पनि कार्वाहिकाे तयारी भईरहेकाे बताए । थापा बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाकाे मुल्यांकन गर्दै विभागले गरेकाे बढुवामा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरिक्षक पुष्करराज पन्तकाे कमाण्डमा खटिएको प्रहरी टाेलीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको थियाे।

कञ्चनपुर प्रहरीले भन्साा छली, तस्करी, लागुऔषध नियन्त्रण, सामाजिक विकृति र अपराध नियन्त्रणका क्षेत्रमा निर्मम भएर एक्सननै चलाएकाे छ । यसरी प्रहरीले कडा रूपमा कानुन कार्यान्वयनमा लागेपछि जिल्ला भरीनै कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापाले गरिरहेकाे सकारात्मक कार्यकाे चर्चानै चलेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply