नेवि संघ सत्र बर्षदेखि विवाद

नेपाली काँग्रेस ०५९ सालमा फुटेर ०६३ सालमा एकिरण भयो । पहिलो संविधान सभा सदस्य निर्वाचन ०६४ मा हुनुपुर्व ३ असोज ०६३ मा फुटेको काँग्रेस जुट्यो, यद्यपी काँग्रेस भित्र दुई धार स्पष्ट देखिएका छन । पाटी जुटेकै छ । तर, पाटी जुटेपनि नेपाली काँग्रेसको भातृ संघ संगठन नेवि संघ कञ्चनपुर त्यसयता जुट्न सकेको छैन । पाटी जुटेपनि नेवि संघ कञ्चनपुर १७ बर्षदेखि जुट्न सकेको छैन । कहिले नेतृत्व बिहिन कहिले २÷३ अध्यक्ष हुने परम्पराले नेवि संघ टुटफुट गुटमै गुज्रिरहेको छ ।

अहिले पनि नेपाल विद्यार्थी संघ कञ्चनपुरमा विवाद उत्पन्न भएको छ । नेवि संघ जिल्ला नेतृत्व सहित पदाधिकारी विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । नेवि संघ नेतृत्व बिहिन रहेको कञ्चनपुरमा गत ०७९ माघ दोस्रो सातातिर केन्द्रीय समितिले रमेश चटौतलाई अध्यक्षको जिम्मेबारी दिएको थियो । नेवि संघ कञ्चनपुर नेतृत्वको जिम्मेबारी पाएका अध्यक्ष चटौतले ३ कार्तिक ०८० मा पदाधिकारी सहित ८५ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेका थिए ।

संस्थापन पक्षका चटौत नेतृत्वमा जिल्ला कार्य समिति विस्तार भएपछि कोईराला पक्षका नेवि संघ नेता कार्यकर्ताहरुले नेवि संघ नेता नरेश पण्डितलाई अध्यक्षको जिम्मेबारी दिएका छन । कोईराला पक्षका नेवि संघ नेता, कार्यकर्ताहरुको १० कार्तिक पाटी कार्यालयमै भएको भेलाले नरेश पण्डितलाई अध्यक्ष घोषणा गरेका छन । एकै जिल्लामा दुई जिल्ला अध्यक्ष भएपछि नेवि संघ कञ्चनपुरमा थप विवाद चुलिएको छ ।

नरेश पण्डित समुहका नेता कार्यकर्ताहरुले रमेश चटौतलाई तीन महिनाका लागि अध्यक्ष बनाएर जिल्ला अधिवेशनको जिम्मेबारी दिएपनि उक्त जिम्मेबारी पुरा गर्न नसक्दा आफुहरुले जिल्ला भेला गरेर अध्यक्ष घोषणा गरिएको बताएका छन । भेलासंगै नेवि संघका आठ केन्द्रीय सदस्यले पण्डितलाई जिल्ला अध्यक्षको जिम्मेबारी दिएको घोषणा गरेका छन ।

नेवि संघ केन्द्रीय सदस्यहरु दिनेश शर्मा, ईन्द्र साउद, खेमराज जोशी, अमित जंग कार्की, लोचन सिह कार्की, सञ्जय अधिकारी, शेषसैया कुमार विष्ट र मनोज भट्टद्वारा संयु्क्त रुपमा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नेवि संघमा लागेका कृयाशिललाई अलग्याईर व्यक्ति केन्द्रीत संगठन विस्तार भएको भन्दै अध्यक्षको जिम्मेबारी पण्डितलाई लिएको घोषणा गरेका छन । नेवि संघ कञ्चनपुरको अध्यक्षमा घोषणा गरिएका नेता नरेश पण्डितले आफु भेलाबाट अध्यक्ष भएको दावि गरेका छन ।

नेवि संघ समानान्तर समितिका अध्यक्ष नरेश पण्डितले गत बर्ष राजनीतिक सहमतीका आधारमा रमेश चटौतलाई अध्यक्षको जिम्मेबारी दिएको बताउदै उनले अहिले पदाधिकारी जिल्ला सदस्य चयन प्रकृयामा एकलौटी भएकाले आफ्नो नेतृत्वमा नेवि संघ विस्तार हुने बताए । ‘रमेश चटौत नेतृत्वको नेवि संघ तीन महिनाका लागि मात्रै थियो, त्यो पनि जिल्ला भेला गराउने उदेश्यले गराएको थियो, तर उहाँले एकलौटी रुपमा पदाधिकारी सदस्य चयन गरेपछि यो अवस्था आएको हो, नरेश पण्डितले भने, ‘लामो समयदेखि नेवि संघमा आबद्ध भएका नेता कार्यकर्ताको भावना विपरित काम भएकोले, हामीले भेलाबाटै अध्यक्ष घोषणादेखि भावि दिनमा सबैलाई समेटेर पदाधिकारी सदस्य विस्तार गछौँ ।’

यस अघि केन्द्रीय समितिले कञ्चनपुर नेवि संघ अध्यक्षको जिम्मेबारी पाएका रमेश चटौतले नरेश पण्डित नेतृत्वमा घोषणा गरिएको नेवि संघ पुर्ण अवैधानिक भएको दावि गरेका छन । ‘यसको बिना अर्थ छैन, केन्द्रीय समितिले दिएको जिम्मेबारी अनुरुप म अध्यक्ष हुँ, सोही अनुरुपमेरै नेतृत्वमा स्ववियू लडे केहीमा जितेका छौँ, ‘पार्टीका सबै पक्ष र नेवि संघ संग सल्लाह गरेरै पदाधिकारी सदस्य बनाईएको छ यो त निहुँ खोज्ने र पार्टी र संगठन भाँड्ने काम मात्रै हो ।’

अध्यक्ष चटौटले जसले आफुलाई जिल्ला अध्यक्ष बनायो, तिनैले केन्द्रीय सदस्य समेत विस्तार गरेको बताउँदै आफु अवैधानिक कसरी भएको भन्दै प्रतिप्रशन गरेका छन । नेवि संघ जिल्लामा दुत गतिका अघि बढिरहेका बेला केही व्यक्ति समुहले मनोगत रुपमा गरिरहेको विद्यार्थी भड्काएर पार्टी र संगठन बिरुद्धमा गईरहेको उनको दावि छ । विगत लामो समयदेखि नेवि संघ कञ्चनपुरको नेतृत्व विवादले अझै निरन्तरता पाईरहेकै छ ।

पार्टी फुटेर पनि जुटिसक्यो, तर नेवि संघ जहिल्यै विवादकै भुमरीमा फस्दै आएपछि नेवि संघले मुर्तरुप लिन नसकेको भन्दै नेवि संघका सिनियर नेताहरु चिन्तित भएका छन । नेवि संघका पुर्व केन्द्रीय सदस्य गणेश दत्त भट्टले नेवि संघ कञ्चनपुरमा विवादको मुख्य किचलो नेताहरुले गुटगत राजनीति गर्दाको परिमाण भएको बताए । उनले पाटी जुटेपनि नेवि संघ कहिल्यै जुट्न नसकेको बताए ।

नेवि संघ विद्यान अनुरुप अधिवेशन र कहिलेकाही राजनीतिक सहमतीबाट नेतृत्वबाट चयन गर्नुपर्ने भएपनि कञ्चनपुरमा दुवै विषय कार्यान्वयन हुन नसकेको बताए । ‘पाटी एकजुट भएको केही समयपछि नेवि संघ केन्द्रीय अध्यक्ष रञ्जित कर्णले कञ्चनपुर अध्यक्षको जिम्मेबारीमा गगा भट्टलाई लिएपनि उतिबेला पाटीले स्वीकार गर्न नसक्दा गुटगत रुपमा नेवि संघ गुज्रियो, ‘उनले भने, ‘यसरी आफ्नो गुटको नभएपछि पार्टी र संगठनका नेताले स्वीकार नसक्दा विवाद गिजोलिदै गएको छ, त्यसलाई जसलाई मनप¥यो, उसैलाई पत्र दिएर अध्यक्ष बनाउने होडबाजी भयो ।’

अहिले पनि बहुमत केन्द्रीय सदस्य नरेश पण्डितकै पक्षमा देखिएको बताउँदै उनले रमेश चटौतलाई लिएको जिम्मेबारी पुरा गर्न नसक्दा र विधान विपरित समिति विस्तार गरिएपछि विवाद चुलिएको बताए । ‘रमेश चटौत नेतृत्वमा नेवि संघ कञ्चनपुरको विवाद निरुपण भएको वातावरण बन्दैथियो, ‘उनले भने, ‘केहीदिन पहिले एकलौटी रुपमा समिति विस्तार गरेपछि थप विवाद चुलियो ।’

नेवि संघ कञ्चनपुरको विवाद केन्द्र र जिल्ला पाटीले हस्तक्षेप गरेर ब्रेकडाउन गर्नुपर्ने उनको सुझाव छ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले नेवि संघ भित्र देखिएको विवाद निरुपणका लागि पार्टीले आवश्यक पहल गर्ने बताए । ‘नेवि संघमा विवादै छैन, केही असन्तुष्ट, व्यक्तिवादी सोच भएका मानिसले यसमा भाँडभैलो गरिरहेका छन, ‘उनले भने, ‘अहिले नेवि संघ जिल्लामा उत्पन्न विवाद निरुपणका लागि पाटीले आवश्यक कदम चाल्न तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply