बेलडाँडीमा क्रिकेट प्रतियोगिता हुने

जिल्लाकाे बेलडाँडीमा क्रिकेट खेल आयोजना हुने भएको छ । बेलडाँडी गाउँपालिका-२ काे राैलेश्वर माविकाे खेल मैदानमा यहि कार्तिक १७ देखि २५ गते सम्म बेलडाँडी समाजको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

बेलडाँडी युवा समाजले (आज) मंगलबार ट्रफि सार्वजनिक गर्न आयोजना गरेकाे पत्रकार सम्मेलन मार्फत क्रीकेट प्रतियाेगिता हुन लागेकाे बेलडाँडी युवा समाजका अध्यक्ष दिनेशराज भट्टले कञ्चनपुर खबरलाई बताए । उनले भने “शुभ दिपावलीको अवसरमा प्रतियोगिताकाे आयोजना गरेकाे बताए ।”

उहाँका अनुसार `युवाहरूलाई लागु औषधबाट मुक्त गर्न र खेल क्षेत्रमा आकर्षित गर्ने उदेश्यले हामिले खेलकाे आयोजना गरेका हाै ।´

बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले टिम दर्ताका लागि ४ हजार ५ सय शुल्क रहेकाे र टीम दर्ता यहि मिति कार्तिक १५ गते साझ ६ बजेसम्म रहेको जानकारी दिए ।

प्रतियोगिताकाे विजेता हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कार रहेको छ, भने द्वितीय हुने टिमलाई २५ हजार ५ सय २५रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कारको व्यवस्था रहेकाे आयोजकले जनाएकाे छ ।

प्रतियाेगितामा टिम सहभागिताका लागि सबैलाई आयोजकले आव्हान समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply