बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण : किसान खुसी

धनगढी । कृष्णपुर नगरपालिकाले बेमौसमी तरकारी खेती गर्ने किसानहरुलाई टनेल वितरण गरिएको छ । तरकारी खेती गर्दै आएका किसानलाई तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको हो । प्लाष्टिक टनेल वितरण गरेको छ ।कृष्णपुर नगरपालिका -२ का २० जना किसानलाई ५० प्रतिशत अनुदानमा व्यवसायिक तरकारी खेतिका लागि प्लाष्टिक टनेल बितरण गरिएको हो । ‘किसानसंग वडा कार्यालय’ कार्यक्रम अन्र्तरगत किसानलाई व्यवसायिक रुपमा तरकारीखेती तर्फ उन्मुख गराउने उदेश्यका साथ प्लाष्टिक टनेल वितरण गरिएको जनाएको छ । एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले किसानलाई प्लाष्टिक टनेल वितरण गरेको हो ।

प्लाष्टिक टनेल पाएपछि स्थानीय किसान सहदेव रानाले वडाबाट समयमै प्लाष्टिक उपकरण पाएपछि हामीलाई तरकारी खेती गर्न सहज हुने बताए । विगतदेखी नै तरकारी खेती गर्दै आएको र वडाले विगतका दिनहरुमा पनि सहयोग गर्दै आएको भएर खेती गर्न सहज भएको उनले बताए । अर्का किसान शान्ति देवी भण्डारीले हिउँदे सिजनमा समयमै कृषि उपकरण पाएपछि खेतीका लागि सहज भएको बताईन् । टनेलमा मौसमी तथा बेमौसमी तरकारीका बेर्नाका राखेर तरकारी उत्पादनमा वृद्धी गर्ने बताईन् । आफु लगायत अन्य किसानहरुलाई वडा कार्यालयले गरेको सहयोगले खुसी भएको उनले बताईन् । तरकारीजन्य खेती गरेर आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले टनेल वितरण गरिएको र आगामी दिनमा समेत वडाका किसानलाई तरकारी, अन्नबाली सहितका विभिन्न व्यवसायिक खेतीमा आत्मनिर्भर बनाउनका लागि थप कार्यक्तम संचालन गरिने बताए । विच कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले किसानलाई तरकारी खेतीतर्फ आत्मनिर्भर बनाउने उदेश्यका साथ अनुदानमा टनेल वितरण गरिएको बताए । ‘

हामीले किसानसंग वडा कार्यालय’ कार्यक्रम नै संचालन गरेर २० जना किसानलाई टनेल वितरण गरेका छौँ, ‘वडाध्यक्ष साउदले भने, ‘यस अघि पनि किसानलाई कृषि औजार उपकरणदेखिका समाग्री वितरण गरेका थियौँ ।’ अनुदानमा प्लाष्टिक टनेल पाएका स्थानीय किसानले व्यवसायिक तरकारी खेतीका लागि सहज भएको बताएका छन । उनीहरुले यस पटक वडा नेतृत्वले सबै किसानलाई आवश्यकता अनुरुप कृषि उपकरण औजार वितरण गरेको बताएका छन । वडाले उपलब्ध गराएको टनेललगायत सामग्रीको सही सदुपयोग भए-नभएको किसानको घरघरमा पुगेर अनुगमन गर्ने पनि उहाँले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply