कञ्चनपुरको एक निजी अस्पतालले पश्चिमी नाका गड्डाचौकीमा हेल्थडेस्क

कञ्चनपुरको एक निजी अस्पतालले पश्चिमी नाका गड्डाचौकीमा हेल्थडेस्क राखेको छ । चार्डवाडलाई लक्षित गरेर महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालले हेल्थडेस्क राखेको हो । सीमावर्ती भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा मन्त्र अस्पतालले गत असोज तेस्रो सातादेखि हेल्थडेस्क राखेर निःशुल्क स्वाथ्य सेवा प्रवाह गर्दै आएको छ । मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले गत २८ असोज घटस्थापनाकै दिनदेखि हेल्थडेस्क राखेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए ।

मन्त्र अस्पतालका निर्देशक डा.रोकायाका अनुसार कामका लागि भारत गएका र तिहारका बेला स्वदेश फर्किने नेपाली नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य सेवा प्रवाहका साथै अति अशक्तलाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याईदिने काम गरेको बताए ।

‘चार्डवाडका बेला स्वदेश फर्किने नेपालीको अत्यधित चाप हुन्छ, ‘उनले भने, ‘लामो यात्रा गरेर स्वदेश फर्किने नेपाली नागरिक भारतीय शहरदेखि सीमावर्ती क्षेत्रमा पुग्दासम्म सकसका विच पुग्छन, यात्राका क्रममा उनीहरुको स्वास्थ्यमा आउने समस्यामा हामीले सक्दो सहयोग गरेका छौँ ।’

समान्य चेकजाँचदेखि आधारभूत निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए । ‘भारतबाट स्वदेश फर्किने नेपाली मात्रै नभई भारतीय सहित नेपाल घुम्न आउने तेस्रो मुलुकका नागरिकको समेत स्वास्थ्य चेकजाँच गर्दै आएका छौँ, ‘उनले भने, ‘छिटफुट भारत जाने हेल्थडेस्कमा आए उनीहरुको समेत चेकजाँच गरिरहेका छौँ ।’

डा.रोकायाका अनुसार हालसम्म झण्डै ४सय बढि मानिसलाई सेवा प्रवाह गरिएको छ । समाजिक कामका साथै अस्पतालबाट समाजिक दायित्वका लागि सीमावर्ती क्षेत्रमा भिडभाँड हुने समयमा हेल्थडेस्क राखेर सेवा प्रवाह गरिएको उनले बताए ।

छठसम्मै हेल्थडेस्क मार्फत स्वास्थ्य सेवा प्रवाह गरिने निर्देशक रोकायाले बताए । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्किने एक नेपाली सीमा क्षेत्रमै लाईनमा उभिएकै क्रममा ह्दयघात भएर सडकमै ढलेपछि अस्पताल पुग्दा ति मानिसले ज्यान गुमाएको उदाहरण दिदै डा. रोकायाले स्वदेश फर्किने कुनैपनि नेपाली समयमै स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्य नजर गर्दै अस्पतालबाट सक्दो सीमावर्ती क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गरिएको बताए । स्वदेश फर्किदा स्वास्थ्यमा आएको निःशुल्क सेवा पाएपछि नेपाली मजदुर हर्षित भएका छन ।

उनीहरुले यात्राका दौरानमा देखिएको स्वास्थ्य समस्या मातृभूमि टेक्दा मन्त्रले समाधान गरेको भन्दै खुसी व्यक्त गरेका छन । उक्त हेल्थडेस्कमा सशस्त्र प्रहरी बलले समेत साझेदारी गरेको छ । यसरी निजी क्षेत्रबाट नागरिकको स्वास्थ्यका विषयमा सेवा प्रदान गरेपछि सरोकारवालाले समेत मन्त्र अस्पतालको प्रसंसा गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply