कञ्चनपुरको कार्यालय प्रयोजनका लागि खरिद गरेको मोबाईल लालझाडीका हाकिम भट्टले साथमै लगेपछि

कञ्चनपुरको लालझाडी गाँउपालिका तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले कार्यालय प्रयोजनका लागि खरिद गरेको एक थान टेलिफोन सेट साथमै लिएर गएका छन ।

हाल कैलालीको चुरे गाँउपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा रहेका तत्तकालिन लालझाडी गाँउपालिका तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भट्टले कार्यालय प्रयोजनका लागि खरिद गरेको एक थान टेलिफोन सेट साथमै लिएर गएका हुन ।

उक्त मोबाईल सेट गाँउपालिका प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउनेले प्रयोजनाका लागि खरिद गरिएको थियो । आफु सरुवा भई अन्यन्त्र जाँदा सो मोबाईल सेट कार्यालयमा बुझाएर जानुपर्ने भएपनि भट्टले साथमै लगेर महिनौँ विक्दा समेत बुझाएका छैनन ।

गत आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृतको प्रयोजनका लागि केदार टेलिकमबाट ६१ हजार, १७६रुपैयामा खरिद गरिएको थियो । जबकी कुनैपनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आउँदा उनले प्रयोग गर्ने फोन राख्नुपर्ने भएपनि तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भट्टले साथमै लिएर गएपछि कार्यालय भित्र र बाहिर बिरोध भईरहेको छ ।

आर्थिक रुपमा मितव्यी कुरा गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टले महङगो फोन खरिद गरेर साथमै लिएको यो घटनाले उनको बिरोध भईरहेको छ । गत बर्ष संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भट्टलाई मंसिरमा लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको थियो ।

गत साउनमा भट्ट लालझाडीबाट चुरे गाँउपालिका गए । उक्त सरकारी कामका लागि प्रयोजनाथ खरिद भएको मोबाईल कार्यालयमा बुझाउनुपर्ने भएपनि नबुझाएछी समाजिक सञ्जालमा समेत बिरोध भईरहेको छ ।

लालझाडीका स्थानीय युवा नेता राना शिवले पालिकाको सम्पत्तीको ६० हजारको मोबाईल फोन कर्मचारीले आफ्नै सम्झिएर खल्तीमा हालेर हिन्दिने भन्दै के पालिका तपाईहरुको निजी सम्पत्ती भन्दै प्रशन गरेका छन ।

यस बारेमा तत्तकालिन लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले कार्यालय प्रयोजनका लागि खरिद गरेको मोबाईल आफुसंगै रहेकोले फिर्ता गर्नुपर्ने भए फिर्ता गरिदिने प्रतिकृया दिए ।

कार्यालय प्रयोजनका लागि खरिद गरिएको हजारौँका समान व्यक्तिले निजी प्रयोजनका लागि पाईदैन भन्ने विषयमा उनी आफै बिर्सिएपछि समाजिक सञ्जालमा बिरोध भईरहेको छ ।

यसरी सरकारी सम्पत्ती व्यक्तिले दुरुपयोग गरेपछि नागरिकले समेत संस्थागत भ्रष्टाचार भन्दै बिरोध गरेका छन । लालझाडी गाँउपालिका सुचना अधिकारी नरेश चौधरीले आफुलाई यस बारेमा केही थाहा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply