महिला पतंजली योग समिति कञ्चनपुरद्धारा निःशुल्क योग

महिला पतंजली योग समिति कञ्चनपुरले भीमदत्त नगरपालका वडा न. १५ खैरभट्टीमा निःशुल्क योग शिविर सञ्चालन गरेको छ । विष्णु प्रसाद खरेलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा भीमदत्त नगरपालिका वडा न. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिहरु पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य वलराज भट्ट, पंतजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृण जोशी, पतंजलीका आजीवन सदस्य कमला सापकोटा, वडा न १५ र १८ का वडा सदस्यद्वय नर वहादुर भण्डारी, पदम वहादुर चन्द, वडा न. १५ का निवर्तमान अध्यक्ष भिम वहादुर शाहु, पतंजलीका नगर अध्यक्ष पवन पेनेरु लगायतको उपस्थिति रहेको थियो । गाँउ–गाँउ, टोल–टोलमा योगको विस्तार गरि आम नागरिकलाई निरोगी वनाई सभ्य समाजको निर्माण गर्ने उद्देश्यका साथ शिविर संचालन गरिएको हो । कमला सापकोटाले प्रशिक्षण गरेको कार्यक्रममा स्थानिय आम नागरिक वुद्धिजिवी, समाजसेवी, महिला लयायतको सहभागिता रहेको पतंजली योग समिति कञ्चनपुरका सहमिडिया प्रभारी हेमराज भट्टले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन महिला पतंजली योग समितिकी उपाध्यक्ष भावना के.सि. ले गरेकी थिइन भने कार्यक्रममा स्वागत मन्तव्य सहमिडिया प्रभारी हेमराज भट्टले राखेका थिए । भट्टले योग शिविर निरन्तर रुपमा सञ्चालन हुने कुरा समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply