बेलौरी नगरपालिका बीच सम्झौता: नगरवासीले निः शुल्क रगत पाउने

धनगढी :- कञ्चनपुरको बेलौरी नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि बेलौरी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी संघ बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन ।
नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ ।
बेलौरी नगरपालिकालाई निःशुल्क रगत उपलब्ध गराउने बैलौरी पहिलो पालिका भएको छ । यही कार्तिक १६ गतेदेखि लागूहुने गरी नगरप्रमुख पाेतिलाल चौधरी र रेडक्रस कर्मचारी बीच सो सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रस संग सम्झौता गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयको छ। चौधरीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने सम्झौता गरिएकोे र रक्त सञ्चार सेवालाई चुस्त बनाइने बताउनुभयो । उहाँले भन्नुभयो “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि नगर पालिकाहरुको अहम् भूमिका हुन्छ । चौधरीले भन्नुभयो “सुलभ र निःशुल्क रगत उपलव्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”कार्यक्रममा रक्तदानको महत्व र अवस्थाका बारेमा सराेकार वालाले जानकारी दिनुभएको थियो । सो कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षको सहभागिता रहेको नगर प्रवता हर्कबहादुर भुल ( रोचक) ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply