जाजरकोट केन्द्रबिन्दु: ६.४ रेक्टर स्केलको भुकम्प

धनगढी मध्यराति जाजरकोटमा भूकम्प गएको छ
जाजरकोट केन्द्र बिन्दु  भएर शुक्रबार राति भूकम्प गएको छ । भूकम्पको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने संस्था युएसजिएसले दिएको जानकारी अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालका अधिकांश भूभाग सहित चीन र भारतका केही भूभागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट केही घर सहितका भौतिक संरचनाहरूमा क्षति पुगेको खबरहरू प्राप्त भए पनि पूर्ण विवरण भने आउन बाँकी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply