भुकम्पमा परेर रुकुम पश्चिममा २२ जनाकाे मृत्यु थप विवरण आउन बाँकी

धनगढी : शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ जनाकाे मृत्यु भएको छ भने थप विवरण आउन बाँकी छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुमकाे आठबिसकोट नगरपालिकामा मात्रै २२ जनाकाे मृत्यु भएको हो ।
भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । अहिले सम्म
आठबिसकोट नगरपालिकाका वडानम्बर ११ मा ६ जना,
वडानम्बर१३ मा ३ जना, वडानम्बर १४ मा ९ जना र
वडानम्बर १२ मा ४ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ । रातको समय भएकाले भूकम्पले पुर्याएको क्षतिको एकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply