प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा २ जना पक्राउ

धनगढी :- धनगढी उपमहानगरपालिका शनिबार प्रहरीमाथि हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।  
शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। खसीका कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply