बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहत स्वरुप आर्थिक सहयोग

बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेको हो ।

राहतस्वरुप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयाे । विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साउँदकाे भनाई छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठुलाे जनधनको क्षति भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply