नेपाल बैंक लि.टीकापुर शाखा प्रमुख मिश्र ले गरे पद को दुरुपयोग

गणेश क्षेत्री /नेपाल बैंक लिमिटेड टीकापुर शाखाका शाखा प्रमुख नरेन्द्र मिश्र ले पद को अधिकार को दुरुपयोग गरेर रास्ट्र सेवक कर्मचारी लाई गलत जानकारी दिदै धम्किपुर्ण अभिव्यक्ति समेत दिने गरेका छन्
भुतपुर्व रास्ट्रसेवक कर्मचारीहरुको लागि पेन्सन धितो राखेर सम्बन्धित शाखाबाट ऋण उपलब्ध गराउने नेपाल सरकारको नीति रहेको छ
भुतपुर्व प्रहरी संगठनका कोसाध्यक्ष तथा पुर्ब प्रहरी नायब निरीक्षक भिम बहादुर शाह ले ५ लाख भन्दा माथिको रकम मात्रै पेन्सन पट्टा मा दिने र धितो अनिबार्य हुनुपर्ने र रोक्का समेत राख्नुपर्ने भनेर हुँदै नभएको नियम शाखा प्रमुख मिश्रले भनेको बताउनुभयो
५ लाख भन्दा माथिको ऋण लगानी गर्नेभए बिल्लादार तथा जुनियर अधिकृत ले समेत पेन्सन पट्टा राखेर ऋण नपाउने भएका छन् ।उनीहरुले पाउने ऋण भनेकै ५ लाख भन्दा तलको भएमात्रै पेन्सन ले भ्याउँछ ।
नेपाल प्रहरी का पुर्ब प्रहरी नरेस्वर धमालाले सम्बन्धित टीकापुर शाखामा १ बर्ष देखि सम्पर्क गरेको तर जहिलेपनी ऋण अहिले दिन नसकिने म्यानेजर ले बताएका थिए ।अरुलाई ऋण लगानी गरिराख्नुभएको छ चिनजान भएको ब्यक्तिलाई ऋण लगानी गर्ने तर मलाई फिर्ता किन पठाउने भनेर प्रस्न गरेपछि मेरो अधिकार को कुराहो म ऋण लगानी गर्दै गर्दैन जे गर्नुछ गर्नुस भनेर धमालालाइ धम्किपुर्ण फिर्ता पठाएका थिए ।
शाखाप्रमुख सङ्ग कुरा गर्दा पेन्सन लोन पनि जोखिममा हुनसक्छ भनेर मनगढन्त जवाफ दिएका थिए । पेन्सन त नेपाल सरकार ले निर्बाधरुपमा मासिक दिन्छ भने तपाईंको बैक को लोन कसरी जोखिममा पर्छ भनेर प्रस्न गर्दा पेन्सन लोन दिनैपर्छ भन्ने होइन भनेर थप कुरा गर्न चाहेनन्
नेपाल बैंक का केन्द्रिय कार्यालय का कर्जा शाखाका कर्मचारी बिनय केसरी पौडेल ले ७५ बर्ष भन्दा माथिको भुपु कर्मचारी लाई ऋण नदिनेहो तर त्यो भन्दातल का भुपु कर्मचारी लाई ऋणदिने नितिरहेको र टीकापुर शाखामा के भएको हो बुझेर मात्रै थप बताउन सकिने बताउनुभयो
अलि फरक प्रसङ्ग मा टीकापुर उध्योग बाणिज्य संघ टीकापुरका पुर्ब महासचिव तपेन्द्र स्वाँर ले बैंक का म्यानेजर हरुको मनपरि बढेको बताउनुभयो । पुराना ऋणिहरुलाई ऋण थपेर बिग्रेको ब्यापार लाई अघि बढाउन नखोज्ने तर नयाँ नयाँ ग्राहक खोज्दै हिड्ने बैंकका कर्मचारी ले चिनजान भएका र खानपिन गरेर निकट भएका हरुलाइ समेत ऋण प्रवाह गर्ने गरेको बताउनुभयो ! लिएको ऋण तिर्नुपर्छ तर ब्याज बुझाउन अलिकति पनि तलमाथि भएमा घरघरमा समेत पुगेर तनाब दिनाले समेत टीकापुरका ब्यापारी आतंकित भएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply