टीकापुर मालपोत कार्यालय का प्रमुख चन्द ले सेवाग्राही लाई मर्कामा पार्नेगरेको प्रमाण फेला

गणेश क्षेत्री- टीकापुर मालपोत कार्यालय का प्रमुख दलबहादुर चन्द ले सेवाग्राही लाई मर्कामा पार्नेगरेको प्रमाण फेला परेको छ
महालक्ष्मी बिकाश बैंक बाट ४५ लाख पुरानो मा अहिले थप १० लाख को राजस्व तिर्न रजिस्ट्रेशन फाँट मा पुगेपछि ५५ लाख बराबरको राजस्व तिर्नुपर्ने बताएपछि रामबहादुर थापा ले पहिला ४५ लाख को राजस्व तिरिसकेकोले दोहोरो कर नतिर्ने बताएर फर्किएका थिए
टीकापुर मालपोत कार्यालय का प्रमुख दलबहादुर चन्द सङ्ग भेटेर कुरा गर्दा थप रकम को मात्रै नभएर पुरानो ऋणको समेत राजस्व दिनुपर्ने बताएका थिए ।
धनगढी मालपोत कार्यालय का प्रमुख प्रेम बहादुर दौल्याल ले दोहोरो कर लिन नहुने र आफ्नो कार्यालय मा थप जति छ त्यती बराबरको रकमको मात्रै राजस्व लिने बताउनुभयो
धनगढी मालपोत कार्यालय का रजिस्ट्रेशन फाँट का नायब सुब्बा जनक बिष्ट ले आफुहरुकहाँ बैंक को थप रकमको मात्रै राजस्व लिने गरेको बताउनुभयो ।टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा ले पहिला तिरेको राजस्वलाइ पुनः गाभेर लिदा सेवाग्राही मर्कामा पर्नेहुनाले मालपोत कार्यालय का प्रमुख दलबहादुर चन्द सच्चिनुपर्ने बताउनुभयो
महालक्ष्मी बिकाश बैंक का शाखाप्रमुख पदम कठायत ले ग्राहकलाई कारोबार गर्न सहज होस भनेर रकम थप गरिएको हुन्छ त्यही थप रकममा समेत राजस्व दोहोरो लिनु गलत भएको बताउनुभयो
टीकापुर उध्योग बाणिज्य संघ का निबर्तमान महासचिव तपेन्द्र स्वाँर ले व्यापारी हरु बिस्थापित हुँदै छन् ! ब्यापार ब्यवसाय चौपट भइ रहेको अवस्थामा बैंक ले थप ऋण दिएको अवस्थामा समेत मालपोत कार्यालय ले राजस्व का नाममा ठगि गर्नु गलत भएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply