शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । शेयर बजार बुधबार भिनो अंकले बढको छ । उतार चढावका बीच ५ अंकले बढेर बजार बन्द भएको हो । ५ अंकले बढेसंगै नेप्से १८६३ दशमलव ९४ को विन्दुमा पुगेको छ । कारोबार रकम भने हिजोको भन्दा पनि खुम्चिएको छ ।

विकास बैक, होटल तथा पर्यटन, लगानी, र निर्जिबन बिमा उपसमूह ओरालो लाग्दा उत्पादन समूह १ प्रतिशत बढीले बढ्यो । अरु समूह पनि सामान्य अंकले सुधारिएका छन् । बुधबार सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको मूल्य ८ प्रतिशतले बढ्यो भने कर्पोरेट विकास बंैकका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत बढी गुमाएका छन् ।

बुधबार २ सय ८८ वटा कम्पनीको ३१ लाख कित्ता शेयर ७८ करोड २७ लाखमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । बुधबार १ सय २४ कम्पनीको मूल्य बढ्दा ९३ वटा कम्पनीको मूइ घट्यो भने २२ वटा कम्पनीको मूल्य स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply