कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित हरूलाई राहतस्वरूप आर्थिक सहयोग

कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित हरूलाई राहतस्वरूप आर्थिक सहयोग गरको छ । इन्टरनेशनल पब्लिक स्कुलले राहतस्वरुप ५१ हजार रुपैँया चेक मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको हो । इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले बिगतमा पनि यस्ता सामाजिक, धार्मिक र उद्धार तथा राहत कार्यहरु गर्दै आएको छ । इन्टरनेशनल पब्लिक स्कुलका अध्यक्ष लिलाध्वज बस्नेत, सदस्यहरु गौराज बहादुर लिम्बू, गणेश बोहरा र आशिष खत्रीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई चेक मार्फत राहत उपलब्ध गराएका हुन् । विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले स्कुलको तर्फबाट सहयोग गरिएको स्कुलका सदस्य गौराज बहादुर लिम्बुको भनाइ छ । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । नेपाल अहिले राष्ट्रिय विपत्तिमा परेकाले विपत्तिको सामना गर्न विभिन्न दातृ संघसंस्था तथा अन्य दातृ राष्ट्रहरुले सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply