नाबालिका बलात्कारको आराेपमा बैतडीमा एक नाबालक पक्राउ

नाबालिका बलात्कारको आराेपमा बैतडीमा एक नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन् । पक्राउ परेका ती नाबालकलाई ८ वर्षीया नाबालिका बलात्कारको आराेप रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे । शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेकाे बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply