युरोपको माल्टामा तिहारको चहलपहल : खुसी साँटासाँट गर्दै नेपालीहरु

धनराज विक, २७ कार्तिक माल्टा
युरोपको माल्टामा रहेको एक मिनि मार्केटमा नेपाली राष्ट्रिय झण्डा फरफराई रहेको देख्न सकिन्छ । जहाँ वैदेशिक रोजगामा कामगर्न गएका नेपालीहरु पसलको छेउमै रहेको राष्ट्रिय झण्डा नजिकै फोटा खिचाउँछन र देशप्रतिको प्रेम झल्काउँछन् । जुनदृश्यले जोकोही नेपालीको मनछुने गरेको छ ।

कार्तिक २७ गते लक्ष्मीपुजाको दिन लक्ष्मीलाई आफू बसिरहेको स्थानमा भित्र्याउनको लागि वैदेशिक रोजगार युरोपको माल्टामा रहेका नेपालीहरुमा तिहारको चहलपहल बढेको छ । कामको व्यस्तता संगै एकआपसमा खुसी साँटासाँट गर्दै तिहार मनाउन आवश्यक सामाग्री किन्नको लागि माल्टामा रहेको नमस्ते नेपाल मिनि मार्केटमा नेपालीहरुको चहलपहल बढेको हो ।

नेपालको कैलाली घर भएका तपेन्द्र परिवार पनि मिनि मार्केटमा भेटिएका थिए । माल्टाको जिरा भन्ने ठाउँमा बस्दै आएका परिवारले तिहारको लागि चाहिने आवश्यक सामाग्री किनमेल गर्न आएको बताए । आफ्नो देशको संस्कार र संस्कृति जहाँ भएपनि सबै नेपालीले संरक्षण गर्नुपर्ने भन्दै पसलमा आउँदा नेपालमै बसेको अनुभूती हुने गरेको उनले बताए ।

त्यसैगरी अछाम घर भएका कमल पुरकोटी पनि तिहारको सामान किन्न पसलमा पुगेका थिए । पसलको अगाडी नेपाली राष्ट्रिय झण्डा फरफराई रहेको देख्दा मन भावुक भएर आएको भन्दै सामान किन्नुभन्दा पहिले झण्डाको नजिकै उभिएर फोटा खिचाएको पुरकोटीले बताए । सेलरोटी बनाउनको लागि चामलको पीठो र अन्य आवश्यक सामाग्री खरिद गर्न आएको उनले बताएका थिए ।

नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले पसलमा अहिले तिहारको सामान किन्ने नेपालीको चहलपहल बढेको बताए । माल्टमा रहेका नेपालीलाई आवश्यक नेपाली सामानहरु सजिलै उपलब्ध गराउनकै लागि मिनी मार्केट संचालनमा ल्याएको उनले बताए । दैनिक ६ सय भन्दा बढी नेपालीले मखमली फूलका माला सहित अन्य आवश्यक तिहारका सामानहरु किनेर लग्ने गरेको उनी बताउँछन् ।

नेपालको गुल्मी घर भएका अर्याल गैर आवासीय नेपाली संघ माल्टाको भूतपूर्व अध्यक्ष्य समेत भएर काम गरी सकेकाछन् । विगत ४ वर्षदेखि माल्टामा व्यवसाय गर्दै आएका अर्यालले ४ जना नेपालीलाई रोजगार समेत दिएकाछन् । गैर आवासीय नेपाली संघका केन्द्रिय सदस्य समेत भईसकेका अर्याल हाल गैर आवासीय राष्ट्रिय समन्वय परिषद् माल्टाका सल्लाहकार समेत रहेकाछन् । अर्यालले माल्टामा रहेका नेपालीको सुखदुःखमा सहयोग गर्दै आएकाछन् ।

सामाजिक र मानविय काममा समेत अग्रसर हुँदै आएका अर्यालको व्यवहार मिजासिलो रहेको लालबहादुर ढेंगाले बताए । उनले भने –“तँपाई पत्रकारलाई नेपाली ढाँका टोपी शिरमा लगाई दिएर उहाँले सम्मान गरेको व्यवहारबाट पनि थाहा हुन्छकी उहाँ व्यापारमा मात्र सीमित नभई सामाजिक र मानवीय काममा पनि अग्रसर हुनुहुन्छ ।”

सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्नाले माल्टामा रहेका नेपालीको पनि तिहारको चहलपहल देख्दा आफूलाई निकै खुसी लागेको बताए । नेपाली सामानहरु माल्टामा उपलब्ध गराई नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले राम्रो काम गरेको अध्यक्ष ठगुन्नाले बताए । विश्वको जुनसुकै ठाउँमा भएपनि आफ्नो संस्कार र संस्कृतिको सबै नेपालीले संरक्षण गर्नुपर्नेमा ठगुन्नाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply