बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै मृत्यु भएको हो । कालागाउँबाट सिल्लेगडातर्फ आउदै गरेको से १ ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो । कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताउनुभयो । जिप उकालोमा नचड्दा पछाडी टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्युु भएको हो ।
यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट,सोहि ठाउँका ४५ वर्षीया हिरा बिष्ट , ४ वर्षीय रियाग विष्ट,७ वर्षाीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन् । घाइते मध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
जिप दुर्घटनापछि चालक सुरेन्द्र विष्ट फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply