जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका

जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ । स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।छठ पूजाको दोस्रो दिन आज खरना सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply