मनिसा सुनार २९ फागुन २०८१
कञ्चनपुर – अछामी एकता समाज कृष्णपुर ९ राजघाटले हाेली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फागुन २९ गते बिहीबारको दिन अछामी एकता समाजले वनदेवी सामुदायिक वनको प्राङ्गणमा भव्य कार्यक्रमकाे आयोजना गरेको थियो ।
अछामी एकता समाजका सदस्य शालिभान विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व समाजिक विकास मन्त्री माननीय ओम विक्रम भाट सरल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण प्रसाद चौधरी अतिथिमा भाेज बहादुर विक, पुनाराम चौधरी, लालबहादुर चौधरी, निरज भण्डारी, सम्झना बस्नेत वडा सदस्य तथा कार्यपालिका सदस्य कालिका चौधरी, वडा सदस्य सलिना विक संघसंस्थाका प्रतिनिधि समाजसेवी पत्रकार एवं बुद्धिजीवि लगायतको बाक्लो उपस्थिति थियो ।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका सभा सदस्य भाटले नेपालको वर्तमान राजनीति र सुदूरपश्चिमको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखेका थिए । अछामी एकता समाज दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उनको भनाइ थियो ।भाटले अछामी एकता समाज सबै जातजाति भाषा र संस्कृतिको संरक्षण गर्न एवं विकासमा योगदान दिन अछामी एकता समाजको मुख्य उद्देश्य रहने बताए । यस्तै, सुदूरपश्चिमको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान पुर्याउन र अछामी परम्पराको संरक्षणलगायतका कार्यहरु पनि अछामी एकता समाजको लक्ष्य रहेको भाटको भनाइ थियो ।
कार्यक्रममा सहभागी हुन अन्य समुदायका व्यक्तिहरु कार्यक्रममापुगेका थिए । सो अवसरमा उनीहरुले एकअर्कालाई हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए । नेपालको राष्ट्र गानबाट सुरु भएको कार्यक्रममा अछामी समाजकी उपाध्यक्ष रुपा विकले स्वागत मन्तव्य राखेकी थिइन् ।
अछामी एकता समाजले सञ्चालन गरेको कार्यक्रममा समापन मन्तव्य राख्दै सभा अध्यक्ष शालिभान विकले निमन्त्रणा स्वीकार गरी आएका पाहुनालाई हाेली पर्वको शुभकामना दिएका थिए ।
यस्तै कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई अछामी एकता समाजका अध्यक्ष शिव विकले धन्यवाद समेत दिएका थिए । कार्यक्रमको सन्चालन शिव विक र झर्ना सुनारले गर्नुभएको थियो ।